काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राजावादीसँग मिलेको हुनसक्ने भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आशंका व्यक्त गरेका छन् ।
सोमवार सरकारविरुद्ध हेटौंडामा आयोजना गरिएको विरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो आशंका व्यक्त गरेका हुन् । देउवाले सरकारकै कारण जनताले ‘राजा आऊ देश बचाऊ’ को नारा लगाएको दाबी गरे ।
सम्बोधनका क्रममा देउवाले भने, ‘ओली नै तत्कालीन राजासँग मिलेको भए त थाहा छैन, होइन भने कसरी आन्दोलन भएको छ ?’ । सभापति देउवाले ओली सरकार नै राजावादीहरुको आन्दोलनको जिम्मेवार रहेको समेत बताए । साथै उनले नेपालमा पुनः राजा नआउने पनि प्रष्ट पारे ।
देउवाले निर्मला पन्तको हत्या भएको लामो समय भएको तर अपराधी पक्राउ नपरेकोप्रति शंका गर्दै अभियुक्त पक्राउ नपर्नुको कारण पार्टीको मान्छेको संग्लग्नता हुनसक्ने बताए । ‘शून्य सहनशीलता भन्ने मान्छेले अहिलेसम्म निर्मला पन्तको हत्यारालाई पक्राउ गरेको छैन, उसको पार्टीको मान्छेको संग्लग्नता छैन भने किन पक्राउ गर्दैन ?,’ उनले भने ।
तपाईको प्रतिक्रिया