काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को हिँउदे अधिवेशन नयाँ ढंगले सञ्चालन गरिने बताएका छन् ।
१४ औं संघीय संसद् सेवा दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख सापकोटाले यस्तो बताएका हुन् । उनले पुस १८ गतेभित्र संघीय संसद्को हिँउदे अधिवेशन बोलाउनै पर्ने बाध्यता रहेको भन्दै संसद्को हिँउदे अधिवेशन नयाँ ढंगले चलाइने बताए ।
अहिले अलि परम्परागत, औपचारिक ढंगले चलिरहेको भन्दै सभामुख सापकोटाले नयाँ ढंगले संविधान कार्यान्वयन गर्ने बाटोमा अघि बढिने धारणा रारे । सभामुख सापकोटाले कोरोना भाइरसको संक्रमणका कारण संसद् अधिवेशन प्रभावित नहोस् भनेर संसद् सचिवालयले तयारी गरेको उल्लेख गरे ।
उनले राज्यका प्रमुख निकाय कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका रहेको र व्यवस्थापिकाबाट राष्ट्रपति, उपराष्टपति, प्रधानमन्त्री चयन हुने भएकोले संसद्को महत्त्व अझ बढी हुने बताए ।
त्यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान कार्यान्वयन र लक्ष्य हासिल गर्नेतर्फ संघीय संसदको भूमिका महत्वपूर्ण रहेको बताए । उनले ऐन निर्माणमा ध्यान केन्द्रीत रहेको भन्दै जिम्मेवारीपूर्ण अघि बढ्नुपर्ने धारणा रारे।
तपाईको प्रतिक्रिया