काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर आओलीको सन्देश लिएर नेम्वाङ पुगे खुमलटार, प्रचण्डसँग गरे यस्तो आग्रहइतबार विहानै स्थायी कमिटी सदस्य सुवास नेम्वाङ खुमलटार पुगेका छन् ।
ओलीको सन्देश लिएर संसदीय दलका उपनेता समेत रहेका नेम्वाङ नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न आइतबार विहानै खुमलटार पुगेका हुन् । भेटमा नेम्वाङले प्रचण्डलाई सकारात्मक हुन आग्रह गरेको जनाइएको छ ।
नेम्वाङले पार्टीको विवादबारे अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको धारणा सुनाएका थिए । ‘प्रधानमन्त्री चिन्तित हुनुहुन्छ, तपाईं पनि विभाजन रोक्न सकारात्मक हुनु पर्छ भनेँ’, नेम्वाङले भने । ‘पार्टी एकता कायमै राख्न प्रचण्ड कमरेड सकारात्मक रहेको पाएँ । उहाँले यसबारे चिन्तत छु भन्नुभयो ।’
आज दिउँसो एक बजे स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । बैठक बस्नुअगाडि नेम्वाङले प्रचण्डलाई भेटेका हुन् । हिजो मात्रै प्रधानमन्त्री निकट नेता शंकर पोखरेलले प्रचण्डलाई भेटेका थिए ।
तपाईको प्रतिक्रिया