काठमाडौं । देशमा कोरोना भाईरसविरुद्धको भ्याक्सिन आउनेबारे बिभिन्न किसिमको बहस तथा छलफल सुरु भएको छ ।
हिजो राती एक कार्यक्रममा पत्रकारसँंग बोल्दै चिकित्सकहरु (डा. झलक गौतम, डा. चक्रराज पाण्डे र डा. अञ्जनी कुमार झा) नेपालमा कोरोना भाईरसविरुद्धको भ्याक्सिन कहिले आउँछ ? र कुन देशबाट आउँछ ? भन्नेबारे अहिलेदेखि नै बहस तथा छलफल सुरु गरेका हुन् ।
उनीहरुले नेपालले जतिसक्दो चाँडो भ्याक्सिन ल्याउनुपर्नेमा जोड दिएका छन् । कोभिड-१९ नयाँ समस्या भएकोले यसबारेमा धेरै सूचना नभएकोले अहिले अनुशन्धान भैरहेको डा. गौतमको भनाई छ । विश्वका अरु देशहरु जसरी खोपको लागि लागिपरेका छन्, त्यसैगरि नेपाल पनि सक्रिय भएको उनले सुनाए ।
तपाईको प्रतिक्रिया