सप्तरी । एकै ठाउँ-एकै दिन पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।
हिजो दिउसो तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको हो । स्थानीयका अनुसार, मृत्यु हुनेमा सोही ठाउँको कोपिला लिम्बुकी ७ वर्षीया छोरी रञ्जना, ६ वर्षीया रोजिना र देवेन्द्र लिम्बुकी ८ वर्षीया छोरी सुहाना रहेकी छन् ।
शनिबार दिउँसो खेल्न भनेर उनीहरु घरबाट निस्किएका थिए । साँझ अबेरसम्म घर नफर्किदा उनीहरुको आफन्तले खोज्न निस्केका थिए । खोजतलास गर्ने क्रममा उनीहरु प्लास्टिकको कृत्रिम पोखरीमा मृत फेला परेका थिए ।
पोष्टमार्टमका लागि शवहरु जिल्लाको सदरमुकाम म्याङलुङ पठाइएको जनाइएको छ । साथै, घटना के-कसरी भयो भन्ने बारे खोज भइरहेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया