काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस विरुद्धको खोप निःशुल्क उपलब्ध गराउन पहल भइरहेको बताएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उपप्रधानमन्त्री पोखरेलले कोरोना विरुद्धको खोप निःशुल्क उपलब्ध गराउन पहल भइरहेको बताएका हुन् ।
साथै उनले कोरोना भाइरस विरुद्धको खोप ल्याउने प्रक्रियामा भइरहेका प्रगति र पहलका विषयमा चासो व्यक्त गरेका छन् । बैठकमा पोखरेलले कोरोनाको खोप ल्याउन र भण्डारणमा रहेका समस्याबारे चासो समेत राखेका छन् ।
पोखरेलले समयमै निःशुल्क खोप उपलब्ध गराउने बारेमा एमसीसी आबद्ध मन्त्रालयसँग छलफल भएको जानकारी दिए “समयमै जनतालाई निःशुल्क खोप उपलब्ध गराउने सन्दर्भमा छलफल भएको हो । त्यस बाहेकका कतिपय निर्णयको कार्यान्वयनका सन्दर्भमा पनि अनौपचारिक छलफल ग¥यौँ ।” उनले भनेका छन् ।
तपाईको प्रतिक्रिया