काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब कानेखुसी गरेर पार्टी नचल्ने बताएका छन् ।
बागमती प्रदेशका प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट जिल्ला इञ्चार्ज, अध्यक्ष र सचिवहरुको भएको भर्चुअल भेलालाई सम्बोधन गर्दै प्रचण्डले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमा कानेखुसी गर्न रुचाउने प्रवृत्ति देखिएको बताएका थिए ।
भेलामा सहभागी एक नेताका अनुसार प्रचण्डले अब ओलीसँग एक्लाएक्लै बस्ने र कानेखुसी गरेर अगाडि नबढ्ने बताएका छन् । ‘पार्टी कमिटीको बैठक राखेर निर्णय लिनेभन्दा पनि कानेखुसी गरेर अगाडि जाऔं भन्नेमा केपी ओली कमरेडको धेरै जोड देखिन्छ । तर त्यसरी नहुने रहेछ’, प्रचण्डले भनेका छन् ।
सचिवालयकै नेताहरु कानेखुसीको नीति अवलम्बन गर्ने र धोका दिने प्रवृत्ति ओलीमा रहेको उनले बताए । ‘अब कानेखुसी गरेर होइन, पार्टीका नेताहरुसँग छलफल गरेर सहमति निकालेर अगाडि बढ्नुपर्छ । बैठकले निर्णय गर्ने र नेतृत्वले कार्यान्वयन गर्नेतिर जानुपर्छ’, प्रचण्डले बताए । ओलीको व्यवहारले आफू दिक्क भइसकेको उनले बताए ।
तपाईको प्रतिक्रिया