काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पार्टीभित्रको आन्तरिक विवादबारे नयाँ खुलासा गरेका छन् ।
आज बिहान एक कार्यक्रममा बोल्दै उपनेता नेम्वाङले पार्टीभित्रको आन्तरिक विवादबारे नयाँ खुलासा गरेका हुन् । उनले नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति हुने विश्वास दिलाएका छन्।
पार्टीभित्र देखिएका सबैखाले विवाद हल गरेर शीर्ष नेताहरु एकताबद्ध भएर अघि बढ्ने उनको भनाई छ । उनले अध्यक्षद्धय ओली र दाहालबीचको सम्वाद सकारात्मक भएकोले यसले निकास निस्किने विश्वास दिलाए ।
एकता कायम गर्न नसकिए नेपालमा भोलिसम्मका लागि कम्युनिष्टहरुको लागि प्रश्न उठ्ने उनको भनाई छ । उनले आफूहरुसँग पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नभएको पनि दाबी गरे ।
तपाईको प्रतिक्रिया