काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा अनन्त अस्थिरता सिर्जना गर्ने कार्य मान्य हुन नसक्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले आलोचनाको नाममा लोकतान्त्रिक प्रणाली, संस्था र सामाजिक सद्भावमाथि नै प्रहार गर्दै समाजमा अनन्त अस्थिरता सिर्जना गर्ने कार्य मान्य हुन नसक्ने बताएका हुन् ।
विश्व मानव अधिकार दिवसको अवसरमा शुभकामना सन्देश दिदै उनले यस्तो धारणा व्यक्त गरेका हुन् । लोकतन्त्रको अपरिहार्य अङ्गका रूपमा रहेका प्रतिपक्षी दल, सञ्चार माध्यम र नागरिक समाजको रचनात्मक आलोचनाको स्वागत सधैँ गरिने समेत बताउदै उनले भन, “जनताबाट प्राप्त हुने सुझाव, टिप्पणी र स्वस्थ आलोचना सरकारका लागि मार्गदर्शक हुन् ।”
ठूलो विश्वाससाथ पठाएको आफ्नो सरकारलाई खबरदारी गर्ने नागरिकको सार्वभौम हकलाई सरकार सधैँ उच्च सम्मान गर्ने समेत उनको भनाई छ । राजनीतिक स्वार्थका लागि ज्यानै लिने वा राष्ट्रका सम्पत्ति र संरचना ध्वस्त पार्ने असामाजिक र अमानवीय कार्य स्वीकार्य हुन नसक्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता कार्य मानव अधिकारविरुद्धका दण्डनीय अपराधका रूपमा लिइने बताएका छन् ।
तपाईको प्रतिक्रिया