कुनै पनि व्यक्तिको पैसासँग जोडिएको इच्छा कहिले पुरा होला ? धनकी देवी महालक्ष्मीको कृपा कहिले मिल्ला ? यो जान्नका लागि ज्योतिष शास्त्रमा केही संकेतबारे उल्लेख गरिएको छ ।
मान्यता छ कि जहिले पनि यस्ता संकेत देखिन्छन्, त्यतिबेला सभ्झिनु पर्छ कि व्यक्तिलाई धनकी देवी लक्ष्मीको कृपा मिल्नेवाला छ ।
यस्ता छन् संकेतहरुः
बिहानै उठेर तपाईको पहिलो नजर दुध या दहीले भरिएको भाँडोमा पर्छ भने सम्झनुहोस् केही शुभ हुनेवाला छ । विहानै शंख, मन्दिरको घन्टीको आवाज सुनिनु पनि शुभको संकेत हो ।
यदि कुनै व्यक्तिलाई विहान उठ्ने वित्तिकै उखुको बोट तथा उखु देखिन्छ भने पनि भिवष्यमा धन सम्बन्धी मामलामा सफलता प्राप्त हुने छ । यदि कुनै व्यक्तिलाई सपनामा पटक–पटक पानी, हरियाली, लक्ष्मीको वाहन उल्लू देखिन्छ भने सम्झनुहोस् कि आउने समयमा तपाईको धनसम्बन्धी सबै समस्या हट्ने छ ।
तपाईको प्रतिक्रिया