काठमाडौं । बालुवाटारमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
एक घन्टा भएको वार्तामा पार्टीभित्रको विवाद समाधानको उपायबारे गम्भीर छलफल भएको बालुवाटार निकट स्रोतले जानकारी दिए । स्रोतका अनुसार दुवैको आ(आफ्नै अडान रहेको जनाएको छ ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सचिवालयमा प्रस्तुत प्रतिवेदनमाथि छलफल नगर्ने पुरानै शर्त राखेको बुझिएको छ । प्रचण्डले भने छलफल गरेर निर्णयमा पुग्न आग्रह गरेका छन् । २८ गते बस्ने स्थायी कमिटीको बैठकमा सहभागी हुन प्रचण्डले ओलीलाई आग्रह गरेका थिए ।
तर, ओलीले प्रतिवेदनमाथि छलफल नहुने भए आउने बताए । स्थायी कमिटीप्रति ओली लचिलो भएपनि केन्द्रीय कमिटी बैठक रोक्ने पक्षमा देखिए । प्रचण्डले समस्याको निकास निकाल्न छलफल गरेर बढ्नुपर्नेमा जोड दिए ।
तपाईको प्रतिक्रिया