काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा राजतन्त्रको पक्षमा भइरहेको आन्दोलनबारे छलफल भएको छ ।
यस सम्बन्धमा नेपाली कांग्रेसले सरकारले गलत काम गरेकाले सडकमा असन्तुष्टि देखिएको बताएको छ । सरकार सच्चिएर संविधानको मर्म अनुसार चल्ने हो भने सबै ठीक हुने कांग्रेस नेताहरुले बताएका छन् ।
‘देशमा व्यापक असन्तुष्टि छ, त्यसमा दुईमत छैन,’ कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, ‘सरकारले गलत काम गरेको हुनाले विभिन्न रुपमा असन्तुष्टि प्रकट भइरहेको छ । राजवादी वा अरु नाममा सडकमा प्रकट भएको पनि त्यही हो ।’
‘सिस्टम वा लोकतन्त्रको खराबी होइन’ उनले भने, ‘सरकार सञ्चालन गर्नेहरुको खराबीका कारण हो । सरकार सच्चियो, लोकतान्त्रिक पद्धतिको मर्मअनुसार चल्यो भने भने कुनै पनि प्रवृत्ति सफल हुन सक्दैन । तपाईंहरु सच्चिने कि नसच्चिने ?’
तपाईको प्रतिक्रिया