सप्तरी (फत्तेपुर)। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आहृवानमा बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ ।
बैठकमा सहभागी नेताहरुलाई छलफल गर्दै प्रधानमन्त्री ओलीले कोभिड-१९ को नियन्त्रण, प्राप्त उपलब्धीहरुको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिहरुको विरोधमा एकजुट हुन आग्रह गरेका छन् ।
संसदमा नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीको सहभागिता छ । यसअघि गएको वैशाख ३१ मा सर्वदलीय बैठक बसेको थियो ।
तपाईको प्रतिक्रिया