काठमाडौं। नेकपाको स्थायी कमिटी बैठक सात दिनका लागि स्थगित भएको छ ।
स्थायी कमिटी बैठक अगामी २८ गतेका सम्मका लागि सारिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । दुई घण्टा बसेको बैठकमा पार्टीभित्रको पछिल्लो अवस्थाबारे अध्यक्ष प्रचण्डलगायत सचिवालय सदस्यहरुले बोलेका थिए ।
बैठकमा पार्टी एकजुट बनाएर लानुपर्ने र त्यसका लागि अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पनि सहभागी बनाउने विषय उठेको थियो । ओली आजको बैठकमा सहभागी नभएपछि उनलाई सात दिनको समय दिइएको बुझिएको छ ।
२८ गते आफ्नो एजेन्डासहित प्रस्तुत हुन ओलीलाई आग्रह गर्नेगरी बैठक सारिएको बुझिएको छ ।
तपाईको प्रतिक्रिया