काठमाडौं । नेकपाको सचिवालय बैठक सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री केपी ओलीको पनि सहभागी रहेको छ । यसअघि मंसिर १७ मा बोलाइएको बैठकमा ओली अनुपस्थित भएपछि शनिबारका लागि बैठक बोलाइएको थियो ।
आजको सचिवालय बैठकअगाडि दुई अध्यक्षबीच बालुवाटारमा करिब १ घण्टा बेग्दै भेटघाट भएको थियो । २५ दिनपछि नेकपा सचिवालय बैठक बस्नुअघि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तालाई सकारात्मक रुपमा हेरिएको छ ।
तपाईको प्रतिक्रिया