काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘रअ’का प्रमुख समान्त गोयलको भेट अपारदर्शी नभएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख समान्त गोयलको भेट अपारदर्शी नभएको उनले बताएका हुन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा नेकपाका केहि सांसदहरुले यसबारे प्रश्न उठाएका थिए ।
‘विषय धेरै अगाडि बढिसक्यो, त्यसले थुप्रै रिजल्ट ल्याइसक्यो । हामी पुरानै कुरामा अड्किएर बसिरहेका छौं ।’ जवाफमा मन्त्री ज्ञवालीले भनेका छन् । गोयल ‘रअ’ प्रमुखका रुपमा नभइ भारतीय प्रधानमन्त्रीको सन्देश लिएर आएको उनले बताए । औपचारिक संवाद हुन नसकिरहेको बेला कूटनीतिमा व्यापारिक, धार्मिक मानिसहरु प्रयोग हुने बताए ।
तपाईको प्रतिक्रिया