सप्तरी (फत्तेपूर) । चिनीयाँ ह्याकरहरुले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक गरेका छन् ।
देशका सात वटै प्रदेश मध्ये प्रदेश २ का मुख्यमन्त्री राउतले फरक तथटा राम्रो काम गरिरहेको बेला चिनीयाँ ह्याकरहरुले मुख्यमन्त्री राउतको व्यक्तिगत र मुख्यमन्त्री सञ्चार सचिवालयको फेसबुक पेज ह्याक गरेको मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको हो ।
मुख्यमन्त्री सचिवालयका कर्मचारी आतेश मिश्रले बिहान ९ बजेतिर दुबै पेज एकाएकी ह्याक भएको बताए । मुख्यमन्त्री राउतको नाममा रहेको ‘सिएम लाल बाबु राउत’ नामक फेसबुक र उनको कार्यालय अन्तर्गत रहको ‘मुख्यमन्त्री सञ्चार सचिवालय’ पेज शुक्रबार विहान एकसाथ ह्याक गरिएको जनाएको छ । यी दुबै पेज ह्याक गरी कभर र प्रोफाइल फोटो परिवर्तन गरिएको छ । प्रोफाइल फोटोमा युवतीको फोटो राखिएको छ ।
तपाईको प्रतिक्रिया