काठमाडौं । देशमा थप एक हजार ३४३ जनामा कोरोना भाइरस संंक्रमण देखिएको छ ।
पछिल्लो चौबीस घण्टामा एक हजार ३४३ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससँगै देशमा कुल सङ्क्रमितको संख्या दुई लाख ३७ हजार ५८९ पुगेको छ ।
मन्त्रालयका अनुसार १७ लाख ६३ हजार ९१९ परीक्षण भइसकेको छ । पछिल्लो चौबीस घण्टामा एक हजार ३४३ जना सङ्क्रमित थपिएको पुष्टि भएको उल्लेख गरेको छ । हाल १५ हजार ७६६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
तपाईको प्रतिक्रिया