काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले लोकतन्त्रमाथि सबैतिरबाट प्रहार भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस सुनसरी–काठमाडौ सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै उनले लोकतन्त्रमाथि सबैतिरबाट प्रहार भएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
साथै उनले समयमे पार्टीको १४औं महाधिवेशन सम्पन्न गर्नेगरि तयारीमा जुट्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । उनले सोसल डिस्टयन्स र आवश्यक जनस्वास्थ्यका मापदण्ड पालना गर्दै पार्टीको आगामी महाधिवेशनमा लाग्न आम नेता तथा कार्यकर्तालाई आग्रह समेत गरेका थिए ।
त्यस्तै, उनले अहिले सबैतिरबाट लोकतन्त्रमाथि प्रहार हुन थालेको पनि चिन्ता व्यक्त गरे । उनले भनेका छन्,‘सबै तिरबाट लोकतन्त्रमाथि प्रहार हुन थाल्यो। व्यवस्था नै गुम्छ कि भन्ने आशंका सुरू हुन थालेको छ। यस्तो बेलामा महाधिवेशनमार्फत कांग्रेसलाई जनतामैत्री र गतिशील बनाई जीवन्तता दिन आवश्यक छ।’
तपाईको प्रतिक्रिया