सप्तरी । कञ्चनपुर जिल्लामा २ जना पुरुषको शव फेला परेको छ ।
कञ्चनपुर जिल्लाको फरक ठाउँमा दुई दिनको अवधिमा दुई जनाको शव फेला परेको हो । प्रहरीले दिएको जानकारी अनुसार बेदकोट नगरपालिका ४ का २४ वर्षीय कमल दमाई र भीमदत्त नगरपालिका–६ ऐठपुरका ३८ वर्षीय राजेन्द्र चन्दको शव फेला परेको हो ।
शुक्रबार बिहान भीमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर बजारमा दमाई मृत फेला परेको छ भने, बिहीबार कञ्चनपुरको भमिदत्त नगरपालिका–१० सुकासालमा चन्दको शव फेला परेको थियो ।
टेलिफोनको जस्तो देखिने तारको पासोले घाँटी बेरेको अवस्थामा दमाईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । असोज ८ गते मजदुरीका लागि भन्दै घरबाट निस्किएका उनको शव शुक्रबार फेला परेको हो । घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुर समेत त्यहाँ लगिएको छ ।
बिहीबार र शुक्रबार दुवै दिनको घटना कसरी भएको भन्नेबारे यकिन तथ्य सार्वजनिक गर्न सकेको छैन भएको छैन । फेला परेका शवबारे प्रहरीले छानबिन गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया