कास्की । कोरोना भाइरस संक्रमणबाट पोखरामा थप ७ जनाको मृत्यु भएको छ ।
तनहुँका एकसहित पोखरामा थप सात जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको हो । पोखारा २७ का ७१ वर्षीय संक्रमितको बिहीवार राति १ बजेर ४० मिनेट जाँदा पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको थियो ।
त्यस्तै, पोखरा ८ का ५४ वर्षीय पुरुषको आज बिहान ३ बजेर ५० मिनेट जाँदा गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा ज्यान गएको छ । त्यस्तै, पोखरा ९ का ६८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको छ । त्यस्तै, पोखरा २१ का ७५ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । यसैगरी पोखरामा २९ वर्षीय पुरुषको समेत कोरोना संक्रमणबाट ज्यान गएको छ ।
त्यस्तै, पोखरा १३ का ५५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट ज्यान गएको छ । यसैगरि, तनहुँका १ जनाको समेत पोखरामा नै कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ३८ पुगेको छ ।
तपाईको प्रतिक्रिया