काठमाडौं । देशमा कोरोना भाइरसका एक हजार ४७७ जना सङ्क्रमित थपिएका छन् ।
पछिल्लो चौबीस घण्टामा एक हजार ४७७ जना सङ्क्रमित थपिएको र दुई हजार ७९८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ९ हजार ७७६ पुगेको जनाएको छ ।
हाल ३५ हजार १२५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म एक लाख ७३ हजार ४३० जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया