सप्तरी । मधेश प्रदेशका सांसद बसन्त कुशवाहाले प्रदेशलाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिएका छन् ।
प्रदेशसभाको तेस्रो अधिवेशनको २८ औँ अधिवेशनमा बोल्दै पूर्व कृषिमन्त्री समेत रहेका जनमत पार्टीका सांसद कुशवाहाले प्रदेशलाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिएका हुन् ।
‘प्रदेशमा आन्तरिक स्रोत खोज्ने कि संघकै दान दक्षिणा ताकेर बस्ने ?’ भनि प्रश्न गर्दै सांसद कुशवाहाले सबै माननिय सांसदहरु एकजुट भएर मधेश प्रदेशलाई आत्मनिर्भर बनाउन अत्यन्त आवश्यक रहेको बताए ।
कुशवाहाले प्रदेशको स्रोत बढाउन तथा आत्मनिर्भर बनाउनमा हाल संचालनमा रहेको आइ.एन.जि.ओ. र एफ.डि.आई.ले पनि ठुलो भुमिका खेल्ने बताएका छन् । यसका लागि आइ.एन.जि.ओ.लाई प्रदेश सरकारले आफ्नो कन्ट्रोलमा र एफ.डि.आई.मा पहुच पुर्याउनु पर्ने उनको धारणा रहेका छ ।
तपाईको प्रतिक्रिया