सप्तरी । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले प्रादेशिक अस्पतालको सेवासुविधा उन्नत बनाउन प्रतिबद्ध रहेको बताएका छन् ।
मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठान अन्तर्गतको जनकपुरधामस्थित प्रादेशिक अस्पतालको सेवासुविधामा ढिलासुस्ती र हेलचेक्रयाइँ भइरहेको थाहा पाएपछि मुख्यमन्त्री सिँहले शनिबार राति ११ बजे अस्पतालको निरीक्षण गर्दै अस्पतालको सेवासुविधा उन्नत बनाउन प्रतिबद्ध रहेको बताएका हुन् ।
मुख्यमन्त्री सिँहले ‘अस्पतालमा बिरामीको चाप छ । अस्पतालमा विद्यमान समस्या समाधान गर्दै त्यहाँ उपलब्ध सेवासुविधा उन्नत बनाउन र विविद्यीकरण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको छ ।’ भनेका छन् ।
निरीक्षणको क्रममा मुख्यमन्त्री सिँहले अस्पतालमा कार्यरत जनशक्तिको सँख्या र कार्यविभाजन, काम गर्ने अवधि, ड्युटीमा नियमितताका बारेमा जानकारी लिनुका साथै केही बिरामी र तिनका कुरुवासँग पनि अस्पतालका सेवासुविधाका बारेमा जानकारी लिएका छन्।
बिरामी र कुरुवाका गुनासा सुनेपछि मुख्यमन्त्री सिँहले ती समस्यालाई तत्काल सम्बोधन गर्न प्रतिष्ठानका रजिस्ट्रार डा विनोदकुमार यादवलाई निर्देशन एवम् अस्पताल परिसरमा सञ्चालित सरकारी फार्मेसीमा आवश्यक औषधि राख्न सम्बन्धित कर्मचारीलाई निर्देशन समेत दिए ।
तपाईको प्रतिक्रिया