धनुषाधाम । वन तथा वातावरण राज्यमन्त्री मा. रन्जु कुमारी खङ मण्डलले अनुगमण कार्यलाई तिब्रता दिएकी छन् ।
वन क्षेत्रको समस्यालाई लिएर दिनहु स्थानियहरु मातहतका निकाय देखि मन्त्रालयसम्म धाउने गरेको गुनासो सँगै मधेश प्रदेशको वन तथा वातावरण राज्यमन्त्री खङले अनुगमण कार्यलाई तिब्रता दिएकी हुन् ।
अनुगमनकै क्रममा हिजो डिभिजन वन कार्यालय सिरहा, लहान नगरपालिकामा अवस्थित रहेको श्री देवी दह सामुदायिक वन क्षेत्र एबम देवी दह पर्यटक क्षेत्र, श्री राजा सलहेस बाबा फुलवारी, सव डिभिजन वन कार्यालय मिर्चौया पुगेकी थिइन् ।
राज्यमन्त्री खङ अनुगमन गर्न आएको खबर सुनेर आएका स्थानियहरु भावुक भएर समस्या सुनाएका थिए र राज्यमन्त्री खङले आफु जनताको समस्या बुझनलाई नै अनुगमन गर्न आएको र एकएक गरी सम्पूर्ण समस्या समाधान गर्ने आश्वासन दिइन् ।
त्यस्तै गत १६ गते डिभिजन वन कार्यालय सर्लाही, डिभिजन वन कार्यालय रौतहट, सब डिभिजन वन कार्यालय वृन्दावन तथा अतिक्रमित वन क्षेत्र अनुगमन गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया