बर्दिया जिल्लाको गुलरिया नगरपालिका वार्ड नं ११ मा जन्मेका अब्दुल खानं आमा असगरा वेगम,बुवा ईमाम खां को ४ सन्तान मध्ये कान्छो सन्तान हुन। वि स २०४३ सालमा जन्मेका खानं गरिब परिवार भएकोले मदर्शा शिक्षा हुँदै स्थानिय विद्यालयमा पठन पाठन गर्दै, बर्दिया, कैलाली र काठमाडौंमा उच्च शिक्षा हासिल गरेका हुन ।
पडाईमा तिक्षण र राजनितीबाट अत्यन्तै टाडा हुने खानं, वि स २०६८ सालमा काठमाडौंको अनामनगरमा प्रथम पटक डा सि के राउतको २ दिने कार्यक्रममा स्वयम सेवकको रुपमा म्म्ऋ हल अनाम नगरमा गएका थिए । त्यही डा राउतसंग सम्पर्कमा आए । डा राउतको बल्याक बुद्धा भिडियोबाट अत्यधिक प्रभावित भएपछी निरन्तर रुपमा मधेशको स्वतन्त्रताको लागि लागिपरे । काठमाडौं देखि मधेशको विभिन्न जिल्लाहरुमा डा राउतको छायांको रुपमा मानिसहरुसंग भेटघाट, छलफल, मधेशको ईतिहासको परिचय सहित जागृत अभियानमा लागि परे । ल्न्इर क्ष्ल्न्इ को राम्रो जागिर छोडेर मधेश मुक्तिमा लागि परे तमाम उतार, छडावको बावजुद डा राउत र खानं मधेशको गल्ली, गल्लीमा दिन,रात ज्यानको प्रवाह नगरी धाईरहे ।
वि स २०७९ सालमा डा राउत द्वारा स्थापित स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय प्रवक्ताको जिम्मेवारी सम्हालदै, देश विदेशमा स्वतन्त्र मधेशको चर्चा गरे, त्यस क्रममा पटक पटक गिरफ्तार भए, ५ पटक नेपाल सरकार द्वारा देश विप्लवको मुद्दा झेले, दर्जन भन्दा बडी सार्वजनिक अपराधको मुद्दा झेले, बर्दिया , बाकें, रुपन्देही , नवलपरासी , सिरहा, काठमाडौंको हिरासतमा महिनौ विताए, प्रहरीको पिटाईले कानका जाली समेत फोडियो, अनेकौ प्रलोभनमा पार्न कोसिसगरियो तर जिद्दी स्वभावको खानं, घर, परिवार त्यागना तयार भए तर डा राउतको साथ छोडेनन, निरन्तर संगठन निर्माडमा लागि परे, उहांको भाषण सुनेर हजारौं यूवाहरु उहांको फेन भए, संगठनलाई उचाईमा पुर्याउन सफल भए ।
वि स २०७५ मा नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धन संग समझौता भयो त्यो समयमा हिरासतमा हत्या भएका राम मनोहर यादव उहांसंग सबभन्दा नजदिकको हुनुहुन्थ्यो । समझौता पछी झन संगठन निर्माण गरिने अवसर मिल्यो उहाँ पुरै मधेश भरी संगठन निर्माणमा अहम भूमिका खेले तत पश्चात् वि स २०७७ सालमा पार्टीको महादिवेशन जनकपुरमा भयो महाधिवेशनमा खानं अत्यधिक मत प्राप्तगरि पार्टीको दोस्रो अर्थात प्रथम राष्ट्रिय उपाध्यक्ष बन्नमा सफल हुनुभयो, हाल उनै अब्दुल खानं समानुपातिक कोटाबाट संघीय संसद बन्न सफल भएका छन्।
तपाईको प्रतिक्रिया