सप्तरी । जनमत पार्टीको तर्फबाट मधेस प्रदेश सभा सदस्य (समानुपातिक)मा पार्टी उपाध्यक्ष श्रीमती बबिता ईशर चयन भएकी छन् ।
आज बसेको जनमत पार्टीको केन्द्र समितीको बैठकबाट मधेस प्रदेश सभा सदस्य समानुपातिक तर्फ श्रीमती बबिता ईशरसहित ७ जना चयन भएका हुन् ।
मधेस प्रदेश सभा सदस्य (समानुपातिक)मा जनमत पार्टीको तर्फबाट चयन हुनेहरुमा मधेसी र अल्पसंख्यकबाट बबिता ईशर, दलित र अल्पसंख्यकबाट रंजु कुमारी मण्डल, मधेसीबाट अनिता कुमारी साह, मुस्लिमबाट हसिना खातुन, आदिवासी जनजातिबाट भाग्यश्री चौधरी, मधेसी बाट चन्दन कुमार सिंह र मधेसीबाटै बसन्त कुमार कुसवाहा चयन भएका छन् ।
तपाईको प्रतिक्रिया