सप्तरी । प्रदेश तथा प्रतिनिधिको चुनाव नजिकै गर्दा सप्तरी क्षेत्र नम्बर १ मा जनमत पार्टीको क्रेज बढ्दै गएको पाइएको छ ।
यहाँ जनमत पार्टी (डा। सिके राउत)को क्रेज यती सम्म बढेको छ कि दैनिक सयौको सँख्यामा पार्टी प्रबेश गर्ने गरेका छन् । हिजो मात्रै तिरहुत गाउपालिकाको बुधेबा गाउँमा विभिन्न पार्टी परित्याग गरि १०० जना भन्दा बढी युवा बृद्ध तथा महिलाहरुले बिधिबत रुपमा जनमत पार्टीमा प्रबेश गरेका छन् ।


त्यस्तै, हिजै कंचनरूप नगरपालिका वार्डा न ८ कंचनपुर बजारका युबा नेता तथा समाजसेबी राजिब ठाकुर (राम) बिधिबत रुपमा जनमत पार्टीमा प्रबेश गरेका छन् ।

तपाईको प्रतिक्रिया