सप्तरी । जनमत पार्टीले श्रव्यदृश्य (विडियो देखाउने) अभियान गाउँगाउँमा चलाउने भएको छ ।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतको अध्यक्षतामा स्थानीय निर्वाचन २०७९ को समीक्षा तथा आगामी रणनीतिको बारेमा छलफल गर्न बसेको बैठकले विडियो देखाउने अभियान गाउँगाउँमा चलाउने निर्णय गरेको हो ।
श्रव्यदृश्य मार्फत् जनमत पार्टीको राजनैतिक सिद्धान्त, माग र नेतृत्वको परिचयको विषयमा जनचेतना अभियान गाउँ गाउँ र टोलटोलसम्मै चलाउने जनमत पार्टीको केन्द्रिय सचिवालयले जनाएको छ ।
बैठकले हरेक जिल्लामा पहिलो चरणमा जिल्ला स्तरीय आमसभा र तत्पश्चात् निर्वाचन क्षेत्र स्तरीय आमसभाहरू आयोजना गर्ने निर्णय समेत गरेको छ। सोको लागि समय र आवश्यक व्यवस्था मिलाउन सम्बन्धित इन्चार्ज र पर्यवेक्षकहरूलाई जिम्मेबारी दिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया