सप्तरी । कंचनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताले आपाङ्गता भएका व्यक्तिहरुका लागि ‘बोल्ड’ निर्णय गरेका छन् ।
कंचनरुप न.पा.सामाजिक विकाश शाखाद्धारा नगरपालिकाको कार्यालयमा आयोजित आपाङ्गता भएका व्यक्तिहरुलाई कृतिम अंग र सहायक सामाग्री निःशुल्क वितरण कार्यक्रम बिच मेयर गुप्ताले आपाङ्गता भएका व्यक्तिहरुका लागि ‘बोल्ड’ निर्णय गरेका हुन् ।
कार्यक्रमको बिशिष्ट अतिथिको रुपमा पाल्नु भएका मेयर गुप्ताले कार्यक्रमबीच आपाङ्गता भएका व्यक्तिहरुसँग आफु प्रत्यक्ष भेटघाट गरि उनीहरुको समस्या सामाधान गर्ने घोषणा गरेका हुन् । साथै गुप्ताले पढ्न चाहनेहरुका लागि बिशेष पहल गरिदिने पनि विश्वास दिलाएका छन् ।
मेयर गुताले समाजका व्यक्तिहरुलाई आपाङ्गता भएका व्यक्तिहरुलाई आपाङ्ग भनी उनीहरुलाई अपमान नगर्न आग्रह समेत गरेका छन् । उनले भने ‘आपाङ्ग भनिएकाहरुलाई म मज्जाले चिनेको छु, उहाँहरु हामी भन्दा मिहनेती हुन्छन्, अवसर मात्र पाउनु पर्यो । उहाँहरु पनि हामी जती गर्न सक्छन् ।’ मेयर गुप्ताबाट आशवासन पाएपछि आफुहरु निकै हर्षित भएको गेना चौधरी (आपाङ्ग व्यक्ति)ले बताएकी छन् ।
कंचनरुप नगरपालिकाकी प्रमुख प्रशाशकिय अधिकृत रेणुका साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाको तर्फबाट १४ जना आपाङ्ग ब्यक्तिहरुलाई बिभिन्न प्रकारका कृतिम अंग र सहायक सामाग्री उपलब्ध गराइएको थियो ।
तपाईको प्रतिक्रिया