सप्तरी । कंचनरुप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ता चिन्तित बनेका छन् ।
उपमेयर मुना पोखरेल सहितको टोली लिएर अनुगमनको क्रममा रहेका मेयर गुप्ता किसानहरुको समस्या हेरेर चन्तित बनेका हुन् ।

वैषाख ३० गते भएको स्थानिय तहको निर्वाचनबाट निर्वाचित भएका मेयर गुप्ता विगत ३ दिन देखि नगर अनुगमनमा रहेका छन् । यसक्रममा बिभिन्न संघ संस्था, बाटोघाटोको निरिक्षण गर्नुका साथै स्थानियहरुको समस्या बुझेका छन् । स्थानियहरुको समस्या बुझदाँ गुप्ताले सोचे भन्दा बढी जनतामा समस्या रहेको पाइएको छ ।

जनताको समस्या जनता माझ गएरै बुझदा जनतामा खुसयाली छाउनुका साथै जनतामा समस्या सामाधान र बिकाशको नयाँ आश पलाएको छ । साथै गुप्ताले जनताको आश मर्न नदिने विश्वास दिलाएका छन् ।
तपाईको प्रतिक्रिया