सप्तरी । कंचनरुप नगरपालिकाको मेयरमा नव निर्वाचित ललन गुप्ताले जनताको एक मिनेट खेर नफाली काम गर्न सप्पूर्ण जनप्रतिनिधीमा आह्वान गरेका छन् ।
आज दिउँसो नगरपालिको कार्यालयमा आयोजित एक कार्यक्रमबिच नव निर्वाचित मेयर गुप्ताले जनताको एक मिनेट खेर नफाली काम गर्न सप्पूर्ण जनप्रतिनिधीमा आह्वान गरेका हुन् ।
कार्यक्रममा जनप्रतिनीधीहरुलाई पद तथा गोपनियताको सपथ खुवाउँदै मेयर गुप्ताले आज देखि आफुहरुको जिम्मेवारी बढेको र आफुबाट जनताले अपेक्षा गरे अनुरुप काम गरेर देखाउन आफु प्रतिबध रहेको बताएका छन् ।

साथै जनअपेक्षा अनुसार काम गर्न निर्वाचित सम्पूर्ण जनप्रतिनीधीहरुको सहयोग अति आवश्यक भएको बताउँदै यसका लागि जनप्रतिनीधीहरुसँग सहयोगको अपिल समेत उनले गरेका छन्
तपाईको प्रतिक्रिया