सप्तरी । अवैध लागूऔषध गाँजा सहित सप्तरीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी ब्यारेज टोलबाट करिब ६ केजी अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका बस्ने ३० वर्षीय बेचन मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्याल भारदहबाट खटिएको प्रहरीले मण्डललाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया