सिरहा । गोलबजार नगरपालिका ६ मा दुई समूहबिच छुरा हानाहान हुँदा एक युवकको मृत्यु भएको छ भने, एक जना भाइते भएका छन् ।
गोलबजार नगरपालिका ६ मा शनिवार सांझ दुई समूहबिच छुरा हानाहान हुँदा एक युवकको मृत्यु हुनुको साथै एक जना भाइते भएका हुन् ।
मृत्यू हुनेमा गोलबजार ६ डोहटियाका करिव २६ वर्षिय रामकुमार सदा रहको छ । उनलाई उपचारका लागि धनगढीमाई नपा ९ मा रहेको आरके मेरिसीटी अस्पताल लगिएपनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा सोही ठाउँका १९ वर्षिय निकेश सदाको आरके मेरिसीटी अस्पतालमा उपचार भईरहेको छ । गोलबजार प्रहरीले घटनाको अनुसन्धान तथा संलग्न व्यक्तिहरुको खोजी गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया