सप्तरी । देशमा थप १ सय ८९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
पछिल्लो चौबीस घण्टामा थप १ सय ८९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार चौबीस घण्टामा ७ हजार ९ सय ९७ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार ६३४ पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा२ सय ५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख ८ हजार ६०३ जना संक्रमणमुक्त भएका छन् ।
तपाईको प्रतिक्रिया