सप्तरी । देशमा थप २ सय ७४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
पछिल्लो चौबीस घण्टामा थप २ सय ७४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार चौबीस घण्टामा ९ हजार १६ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार ४४५ पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा २ सय ७० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ८ हजार ३ सय ५३ जना संक्रमणमुक्त भएका छन् ।
तपाईको प्रतिक्रिया