जनकपुरधाम । सर्लाहीमा आगलागी हुँदा घरमा सुतिरहेकी दुई बालिकाको जलेर मृतयु भएको छ ।
सर्लाहीको कविलासी नगरपालिका ७ आगलागी हुँदा घरमा सुतिरहेकी दुई बालिकाको जलेर मृतयु भएको हो ।
मृत्यु हुनेमा सोही नगरपालिकाका सिरसिया टोलका जोगी महराकी ३ वर्षीया छोरी सुगन्धी महरा र ५ वर्षीया छोरी लक्ष्मी महरा रहेको छ ।
करिब ९ बजे राति जोगीकी श्रीमती तीनछोरीसहित घरमा सुतिरहेको बेला अचानक विद्युत सर्ट भएर आगलागी भएको थियो । आर्थिक अवस्था दयनीयको कारण जाडो छल्न जोगीकी श्रीमती तीनछोरीसहित पराल ओछ्याएर सुतेकी थिइन् । घरमा जडान भएको विद्युतबाट अचानक आगलागी हुँदा एक छोरीलाई लिएर भागिन् ।
तर, चिच्याउन बाहेक केहि बोल्न नसक्दा कसैलाई भित्र दुई छोरी छ भन्ने जानकारी भएन । केहि बेरपछि उनले आफ्नो दुई छोरी समेत सोहि घरमा सुतेको भन्दा स्थानीयले बचाउने प्रयास गरे । तर उनीहरुको शरीरका अधिर्कांश भाग जलिसकेको थियो ।
गम्भीर अवस्थामा उद्धार गरेका दुई छोरीलाई तत्कालै उपचारको लागि मलंगवा अस्पताल लगियो । त्यहाँ एक छोरीको र त्यहाँबाट रेफर गरेर काठमाडौं लग्ने क्रममा अर्की छोरीको नवलपुरमा मृत्यु भएको वडाध्यक्ष यादवले बताए ।
दुबै बालिकाको शव पोस्टमार्टमको लागि मंगवा अस्पतालमा राखिएको र घटना षियमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
तपाईको प्रतिक्रिया