जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले नयाँ भवन निर्माण पछि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला थप सशक्त हुने विश्वास व्यक्त गरेका छन् ।
प्रदेश सरकारको समन्वय तथा संघीय सरकारको सहयोगमा प्रदेश जनकपुर उपमहानगरपालिका १४ मुजेलिया स्थित ग्रामीण प्रशिक्षण केन्द्र हाताभित्र निर्माण हुन लागेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन एवम् प्रदेश मेडिकल स्टोर भवनको शिलान्यास गर्दै यस्तो बताएका हुन् ।
स्रोत साधनको अभावमा समेत कोभिड १९ विरुद्ध प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले खेलेको भूमिकाको प्रशंसा समेत गरेका छन् । शिलान्यास गरिएका भवनहरु तीनै तह बीचको समन्वय र सहकार्यको अनुपम उदाहरण भएको पनि बताएका छन् ।
निर्माण हुन लागेको भवनको संघीय शहरी विकास मन्त्री रामकुमारी झाँक्री, मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकास मन्त्री नवल किशोर साहले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।
कार्यक्रमलाइ सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि संघीय सहरी विकास मन्त्री रामकुमारी झाँक्री, समाजिक विकास मन्त्री नवलकिशोर साह, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतो सहितका वक्ताहरुले सम्बोधन गरेका छन् ।
तपाईको प्रतिक्रिया