जनकपुरधाम । प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।
बुधवार बसेको प्रदेशसभा बैठकमा सामाजिक विकास मन्त्री नवल किशोर साहले प्रदेश सरकारले ल्याएको अध्यादेश पेश गर्न लाग्दा बैठक अवरुद्ध गरेका छन् ।
पार्टीको प्रमुख सचेतक परमेश्वर साहले प्रदेशसभा बैठक छलेर अध्यादेश ल्याइएको भन्दै बैठक अवरुद्ध गरेको छ । यो अध्यादेश अलोकतान्त्रिक रहेकोले यसलाई टेबुल हुन नदिने भन्दै बैठक अवरुद्ध गरेका छन् ।
लोसपाले अध्यादेश पेश गर्न नदिएपछि सभामुख सरोज यादवले प्रदेश सभा बैठकलाई १५ मिनेटका लागि स्थगित गरेका छन् । केही हप्ता अघि प्रदेश सरकारको सिफारीसमा प्रदेश प्रमुख हरिशंक मिश्रले प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सम्बन्धीत अध्यादेश ल्याएका थिए ।
तपाईको प्रतिक्रिया