जनकपुरधाम । रामजानकी विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लीला मनाइँदै छ ।
सात दिवसीय सो महोत्सवको पहिलो दिन हिजो नगरदर्शन भएपछि दोस्रो दिन आज फूलबारी लीला मनाइँदै छ ।
फूलबारी लीलामा फुलबारीमा भगवान राम र लक्ष्मणको प्रतीकका रूपमा एक जोडा बालबालिकालाई विवाहमण्डप प्रांगणमा रहेको फूलबारीमा घुमाइन्छ ।
त्रेता युगमा राम र लक्ष्मण जनकपुर आएको बेला फूलबारीमा घुम्न जाँदा सखीसहेलीसंग फूल टिप्न आएकी जानकीसंग पहिलो भेट भएको धार्मिक विश्वास रहेको छ ।
सोहि अनुसार विवाहपञ्चमी महोत्सवमा दोश्रो दिन फूलबारी लिलामा घुमाउँदै राम लक्ष्मण र सीताको भेटघाट गराउने गरिन्छ । मंसिर १७ गते देखि सुरु भएको विवाहपञ्चमी महोत्सव मंसिर २३ गतेसम्म चल्ने छ ।
मंसिर शुक्ल पञ्चमीका दिन त्रेता युगमा भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनामा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव भव्य रुपमा मनाइन्छ ।
तपाईको प्रतिक्रिया