जनकपुरधाम । उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न भएको छ ।
सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै सम्पन्न भएको हो ।
बिहान उदाउँदो सूर्यलाई पूजा सामग्रीसहित अर्घ्य दिएपछि छठ सम्पन्न भएको हो। पाँचदिनसम्म अत्यन्त नियम निष्ठापूर्वक मनाइने छठपर्वको हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएको थियो भने आज ९बिहीबार० अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ।
पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले आदि देव सूर्य अर्थात दिनानाथको उपासना गरी अत्यन्त श्रद्धापूर्वक छठ पर्वक मनाइन्छ । छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।
पाँच दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन ब्रतालुहरुले माछमरुवा बारेका थिए भने दोश्रो दिन नुहाएर अरबा अरबाईन भोजन गरेका थिए। तेश्रो दिन खरना, चौथो दिन अस्ताउँदो सूर्य र पाँचौदिन उदाउँदो सूर्यको अर्घ्य दिइन्छ। उदाउँदो सूर्यलाई अर्घ दिने आजको दिनलाई पारन भनिन्छ ।
तपाईको प्रतिक्रिया