सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप ९ जनाको मृत्यु भएको छ ।
पछिल्लो चौबीस घण्टामा थप ९ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २९३ पुगेको छ ।
त्यस्तै, पछिल्लो चौबीस घण्टामा देशमा ५९१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ५ हजार ५ सय ६० जना पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा ९ सय ३७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ८२ हजार ३ सय ९३ जना संक्रमणमुक्त भएका छन् ।
तपाईको प्रतिक्रिया