एजेन्सी । क्रिस्टियानो रोनाल्डोले लक्जेमवर्गविरुद्ध ह्याट्रिक गर्दै पोर्चुगललको विश्वकप छनोट सम्भावनालाई बलियो बनाएका छन् ।
उनले यो सँगै देशका लागि अहिलेसम्मकै सर्वाधिक ११५ गोल संख्या बनाएका छन् । रोनाल्डोले ५८औं ह्याट्रिक समेत गरेका छन् । ब्रुनो फर्नान्डेज र जोआओ पालहिन्हाले समेत गोल गर्दै पोर्चुगललाई ५(० को जीत दिलाए ।
जीतसँगै पोर्चुगल समूहमा सर्बियाभन्दा एक अंकले मात्र पछाडि रहेको छ । समूह चरणमा पहिलो स्थान बनाउने टोली सिधै छनोट हुनेछ । दोस्रो हुने टोलीले प्ले अफ खेल्नुपर्नेछ ।
तपाईको प्रतिक्रिया