सप्तरी । नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ ।
आज छापावाला सुन मुल्य प्रतितोला ९२ हजार ४ सयमा बारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
मंगलबार छापावाला सुन मुल्य प्रतितोला ९२ हजार १ सयमा मा बारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
चाँदीको मुल्य १५ रुपैयाँले बढेको छ । मगलबार प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज १२ सय ७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईको प्रतिक्रिया