सप्तरी । देशमा थप २ हजार ४४२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
पछिल्लो चौबीस घण्टामा थप २ हजार ४४२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४२१ र ४२४९ एन्टिजेन परीक्षणमा १०२१ जना गरी २४४२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै देशमा संक्रमितको संख्या ६ लाख २२ हजार ७७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५६ हजार ७ सय ९८ जना संक्रमणमुक्त भएका छन् ।
तपाईको प्रतिक्रिया