काठमाडौं । २ नम्बर प्रदेशको संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउत चयन भएका छन् ।
जनता समाजवादी पार्टी, नेपालको २ नम्बर प्रदेशको संसदीय दलको नेतामा मुख्यमन्त्री राउत चयन भएका हुन् ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरमा आज बसेको बैठकले बहुमत सांसदरुको हस्ताक्षरसहित २ नम्बर प्रदेशको संसदीय दलको नेतामा राउतलाई चयन गरेको जनाइएको छ ।
आजको बैठकबाट जसपाको संसदीय दलको विधान पनि पारित भएको जनाइएको छ । जसपाका अध्यक्ष यादवले कांग्रेस, माओवादी केन्द्र र एमालेको माधव नेपाल समूहसँग मिलेर नयाँ सरकार गठनको लागि गृहकार्यसमेत थालेका छन् । यसको लागि उनले कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग छलफलसमेत गरिसकेका छन् ।
तपाईको प्रतिक्रिया