सप्तरी । कोरोना संक्रमणबाट देशमा थप २१४ जनाको मृत्यु भएको छ ।
पछिल्लो चौबीस घण्टामा थप २१४ जनाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
योसँगै देशमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ । त्यस्तै, पछिल्लो चौबीस घण्टामा देशमा ९ हजार २४७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल १लाख १३ हजार ४८० जना सक्रिय संक्रमित छन्। यस्तै ७०८ जना क्वारेन्टाइनमा रहेका छन्।
तपाईको प्रतिक्रिया