विराटनगर । कोरोना भाइरस संक्रमणबाट मोरङमा थप ९ जनाको मृत्यु भएको छ।
कोरोना भाइरस संक्रमणबाट मोरङमा ७ जनाको शुक्रबार बिहान र २ जनाको बिहीबारसाँझ मृत्यु भएको हो।
मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा दुई, विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन र नोबेल शिक्षण अस्पतालमा चार जनाको मृत्यु भएको छ।
मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ। विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवका अनुसार विराटनगर–९ का ४९ वर्षीय पुरुषको बिहीबारसाँझ ७ः४० बजेतिर मृत्यु भएको छ। विराटनगर–६ का ६४ वर्षीय वृद्ध पुरुषको राति ८ बजेतिर विराटमै मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–११ मा बस्दै आएका ३८ वर्षीय पुरुषको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बिहान १२ः३० बजेतिर मृत्यु भएको छ। मृतक महिला अधिकारका क्षेत्रमा कार्यरत ओरेक नेपाल विराटनगरका परियोजना संयोजक दीपक सेन्च्युरी भनिने लालबहादुर विश्वकर्मा हुन्।
विराटनगर–६ का ५६ वर्षीय पुरुषको पनि उपचारकै क्रममा बिहान १ बजेतिर मृत्यु भएको छ। कोसी कोभिडमै सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ७९ वर्षीय वृद्ध पुरुषको बिहान १ः३० बजेतिर मृत्यु भएको छ।
त्यस्तै नोबेल शिक्षण अस्पतालमा शुक्रबार बिहान ६ः३० बजेतिर विराटनगर महानगरपालिका–१६ की ७४ वर्षीया वृद्धा महिलाको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।
सुनसरीको धरान उपमहानगरपालिका–१ का ३८ वर्षीय पुरुषको पनि नोबेलमै बिहानका राति २ बजेतिर मृत्यु भएको छ। धनकुटा जोरपाटीका ५६ वर्षीय पुरुषको पनि बिहान ५ बजेतिर मृत्यु भएको छ। महोत्तरी घर भएका ७७ वर्षीय वृद्ध पुरुषको पनि नोबेलमै उपचारका क्रममा बिहान ५ः३० बजेतिर मृत्यु भएको छ।
तपाईको प्रतिक्रिया