सप्तरी । देशमा थप ८ हजार ४१८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
पछिल्लो चौबीस घण्टामा थप ८ हजार ४१८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यससँगै देशभर कुल संक्रमितको संख्या ३ लाख ८५ हजार ८ सय ९० जना पुगेको छ । आज ३ हजार ७७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ९८ हजार ७ सय ६५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
हाल ८३ हजार ४९३ जनामा भाइरसको सङ्क्रमण सक्रिय अवस्थामा छ । ३९८ जना हाल क्वारेन्टिनमा छन् । हालसम्म १६ लाख १५ हजार ७२० जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
तपाईको प्रतिक्रिया