बिराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुलाई सरकारमा जान हतार नगरेको बताएका छन् ।
विराटनगर विमानस्थलमा सभापति देउवाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारमा जान हतार नगरेको तर जिम्मेवारी आए नभाग्ने बताएका हुन् ।
सरकारमा कहिले जाने ? अविश्वासको प्रस्ताव कहिले आउँछ ? जस्ता प्रश्न सञ्चारकर्मीहरुले गर्दा देउवाले भने ‘तपाईहरु अनेक प्रश्न गर्ने ?, हामी विपक्षी पार्टी, विपक्षी पार्टी, विपक्षी पार्टी, मेरो कुरा यति हो, प्रश्न गर्नुभएकोमा धन्यवाद म हिडें ।’
देउवाले अन्य कुनै पनि प्रश्नको जवाफ दिन अस्विकार गरे ।
तपाईको प्रतिक्रिया